२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • प्रहरीको मनोबल गिराउने काम भएकोमा आईजीपी...

प्रहरीको मनोबल गिराउने काम भएकोमा आईजीपी कार्कीले गरे सभामुखसमक्ष गुनासो

प्रहरीको मनोबल गिराउने काम भएकोमा आईजीपी कार्कीले गरे सभामुखसमक्ष गुनासो

शनिवार, श्रावण ३० २०८३
शनिवार, श्रावण ३० २०८३
  • काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सभामुख डीपी अर्याललाई भेटेर  सांसदहरुबाटै प्रहरीको मनोबल गिराउने काम भएको भन्दै गुनासो गरेका छन् । सभामुख अर्याललाई शुक्रबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटेर कार्कीले गुनासो पोखेका हुन् । 

    पछिल्लो समय संसदीय समितिको बैठकमा कसैको उजुरीको भरमा सुरक्षा निकायका प्रमुख तथा गृह सचिवलाई डाकेर धम्क्याउने र धर्काउने काम भएको जनाउँदै कार्की प्रहरी उच्च अधिकृतसहितको टोलीसहित सभामुखलाई भेट्न  पुगेका हुन् ।

    आईजीपी भनेको कुनै व्यक्ति नभएर संस्था पनि भएको हुँदा शिष्टाचार र मर्यादाको कुरा पनि ख्याल गरिदिनुपर्ने विषयमा ध्यानाकर्षण गराइएको थियो । जेन-जी आन्दोलनबाट प्रहरीको मनोबलगिरिरहेका बेला संस्थामाथि बारम्बार प्रहार हुँदा तल्लो तहसम्मै समस्या देखिनसक्ने अधिकृतले बताएका थिए ।

    सभामुख अर्यालले प्रहरी नेतृत्वले राखेको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै यो विषयमा बुझिरहेको भनेका थिए । गृहमन्त्री सुधन गुरुङले पनि सो विषयप्रति लक्षित गर्दै उजुरीका भरमा न्यायाधीश नबन्न सांसदहरुलाई सुझाव दिएका थिए । लेखा समिति बैठकमा रास्वपा सांसद खगेन्द्र सुनार र आईजीपी कार्कीबीच नोकझोक भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend