२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • पत्रकार किशोर श्रेष्ठलाई सोमबार सर्वोच्च अदालत...

पत्रकार किशोर श्रेष्ठलाई सोमबार सर्वोच्च अदालत उपस्थित गराउन आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार सर्वोच्च अदालत उपस्थित गराउन आदेश

शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई सोमबार उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

    बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले बरामद सामग्रीसहित उपस्थित गराउन आदेश दिएको हो । पक्राउविरुद्ध उनकी श्रीमती सरस्वतीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो । साथै जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको निवास खानतलासी गरी कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका विद्युतीय सामग्री समेत प्रहरीले जफत गरेको छ ।
     
    उनीमाथि अनुसन्धान गर्न अदालतले विहीबार तीन दिनको म्याद दिएको थियो । विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन् ।

    उनलाई पक्राउ गरेको र जनआस्थाको कार्यालयमा खानतलासी गरेकोमा नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटी, विश्व प्रेस काउन्सिल, विभिन्न राजनीतिक दलहरुले विरोध गर्दै नि:शर्त रिहा गर्न माग गर्दै आएका छन् ।

    उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend