काठमाडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि राजीनामा दिने भएका छन्।
प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहे पछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन् । गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहको सरकार अल्पमतमा परेको थियो।
मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमले जानकारी दिएका छन् ।मुख्यमन्त्री शाहले भोलि प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने तयारी गरेको उनले बताए।
संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समय सीमा पनि भोलि पूरा हुदैछ । विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिनु भन्दा राजीनामा दिने निष्कर्षमा पुगेको बुझिएको छ। यसैबीच नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ।
बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
सक्रिय न्युजबाट साभार
