२०८३ श्रावण १५ गते शुक्रवार

images

सुनसरी घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

सुनसरी घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

शुक्रवार, श्रावण १५ २०८३
शुक्रवार, श्रावण १५ २०८३
  • विराटनगर । सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ ।

    आइतबार कप्तानगञ्जमा दुई समूहबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो । यो घटनामा सरकार र पीडित परिवारबीच शुक्रबार बिहान सहमति भएको थियो । सहमतिपछि आज दिउँसो मृतकको अन्त्ष्टि गर्ने तयारी छ । तर, पनि विराटनगरमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले चोकमा टायर बालेका छन् । प्रदर्शनका क्रममा बजार पसल बन्द छ । यातायात सेवा पनि अवरुद्ध भएको छ ।

    बिहीबार विराटनगरमा भएको सर्वपक्षीय बैठकले आज दिउँसो ३ बजे सद्भाव र्याली निकाल्ने निर्णय गरेको थियो । केही व्यत्तिले भने तत्काल सद्भाव र्‍याली निकाल्दा हतार हुने भन्दै विरोध गरेका थिए ।

     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend