काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचाररत रहेका श्रेष्ठको मंगलबार निधन भएको हो।
गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले उनको निधन भएको पुष्टि गरेका छन्। उनका अनुसार दिवंगत नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पार्थिव शरीर राखिनेछ।
पार्टीभित्र लामो समयदेखि सक्रिय भूमिका निर्वाह गरेका श्रेष्ठलाई कांग्रेसका सभापति गगन थापाले साउन ७ गते पार्टीको वरिष्ठ नेताको जिम्मेवारी प्रदान गरेका थिए। उनको निधनसँगै नेपाली कांग्रेसले एक अनुभवी र लामो राजनीतिक यात्रा तय गरेका नेतालाई गुमाएको छ।
