२०८३ श्रावण १३ गते बुधवार

images
  • समाचार
  • नारायणी अस्पतालमा भएको घटनालाई लिएर देशभरका...

नारायणी अस्पतालमा भएको घटनालाई लिएर देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

नारायणी अस्पतालमा भएको घटनालाई लिएर देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौँ । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण,तोडफोड र जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका क्रममा प्रहरीद्वारा गरिएको दुर्व्यवहारको विरोधमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ।

    संघले हिजो विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबार देश भरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने निर्णय गरेको हो ।

    साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण हुनुका साथै अस्पताल परिसरमा तोडफोड भएको थियो। टाउकोमा गम्भीर चोट लागेका डा.राम उपचाररत छन्।

    घटनाका दोषीहरूमाथि कानुन बमोजिम कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सामा भइरहेको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को उपस्थितिमा प्रहरी प्रमुखले प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा नारायणी शाखा अध्यक्ष लगायतका चिकित्सकहरूमाथि गालीगलौज र दुर्व्यवहार गरेको संघको आरोप छ। संघले सो घटनाको भर्त्सना गरेको छ।

    संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण गर्ने र अस्पताल तोडफोडमा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कारबाही माग गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend