२०८३ श्रावण १० गते आइतवार

images
  • मनोरन्जन
  • थाइल्याण्डमा भव्य रुपमा सम्पन्न भयो छैठौं...

थाइल्याण्डमा भव्य रुपमा सम्पन्न भयो छैठौं सगरमाथा म्युजिक अवार्ड २०८१’

थाइल्याण्डमा भव्य रुपमा सम्पन्न भयो छैठौं सगरमाथा म्युजिक अवार्ड २०८१’

सहर्ष न्युज
शुक्रवार, आषाढ २८ २०८१
सहर्ष न्युज
शुक्रवार, आषाढ २८ २०८१
  • सहर्ष न्युज, काठमाडौं । छैठौं सगरमाथा म्युजिक अवार्ड २०८१ को विदेश संस्करण थाइल्याण्डमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका अर्थ नेपाल प्रालिको आयोजनामा थाइल्याण्डको बैंकक सहरमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा विभिन्न विधामा कलाकार, पत्रकार तथा समाजसेवीहरुलाई सम्मान र अवार्डसमेत प्रदान गरिएको थियो । छ । कार्यक्रमका प्रमुख अतिथि एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत र अतिथिद्धय एनआरएनए थाइल्यान्डका सल्लाहकार डेभिड खनाल र नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर दामोदर मिश्रले १३ जनालाई विभिन्न विधामा अवार्ड र पाँच जनालाई सम्मान प्रदान गरे ।

    पप आधुनिक गायकको अवार्ड जुन मायाको पुजा गरे गीतबाट नारायण थापाले, सर्वोत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड सोल्टीनीको रेशमी केश गीतबाट तृष्णा घर्ती मगरले, यसै विधामा जुरी अवार्ड मुस्कानै मिठो गीतबाट सिमा थापाले, लोकपप गायिकाको अवार्ड चुम्पा चपक्कै गीतबाट सुमि पराजुलीले, लोकपप गायकको अवार्ड उमेर सत्र भयो गीतबाट राजेश बर्देवाले, पप आधुनिक युगल गायनको अवार्ड मलाई मन परेको मान्छेबाट दिपक चौंलागाईले प्राप्त गरेका छन् । त्यस्तै नव प्रतिभा गायनमा मलाई तिमी हौ गीतबाट रोम श्रेष्ठले अवार्ड पाएका छन् ।

    आधुनिक महिला मोडलको अवार्ड माया गरेउ गीतबाट प्रतिक्षा काफ्लले, पप महिला मोडलको अवार्ड कसम होला गीतबाट दिया जिसीले, नव मोडल महिलामा कास्कीको फेवातालबाट मुना भुर्तेलले, नव मोडल पुरुषमा जीन्दगानी छोटो छ गीतबाट प्रताप मर्दन बस्न्यातले अवार्ड जित्न सफल भएका छन् ।

    कार्यक्रममा सगरमाथा कला सम्मानबाट कलाकार सविना आचार्य, सोनिया राई र गायक विकी सिन्चौरी सम्मानित भए । सिन्चौरी थाई नागरिक भए पनि नेपाली गीत गाएर चर्चामा आएका थिए । त्यस्तै सगरमाथा आर्थिक पत्रकारिता अवार्ड अर्थ सरोकार डटकमका पत्रकार सरोज प्याकुरेललाई प्रदान गरियो । सगरमाथा आर्थिक पत्रकारिता सम्मानबाट सुदर्शन श्रेष्ठ र सगरमाथा सम्मानबाट हेमेन्द्र घर्तीमगर सम्मानित भए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले नेपाली कला र संस्कृतिलाई विश्वमाफ फैलाउन यस्ता कार्यक्रमहरुले महत्वपूर्ण योगदान गर्ने बताए । उनले गैरआवासिय नेपालीहरु कला संस्कृतिको जगेर्नामा सधैं लाग्ने बताए ।

    महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंकले प्रायोजन गरेको छैटौं सगरमाथा म्युजिक अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट विशिष्ठ गीतकार कालिप्रसाद रिजाल, सगरमाथा रजत कला पत्रकारिता सम्मानबाट रमण घिमिरे सम्मानित हुने कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए । बैंककमा भएको कार्यक्रममा आयोजक कमिटिका सनम कठायत, उषा सुवेदी, कुशल खत्री, मुकुन्द बस्नेतको पनि उपस्थिति रहेको थियो । अवार्ड प्रदान गर्न बाँकी रहेका राष्ट्रिय, चलचित्र, पप–आधुनिक र लोक दोहोरी लगायत अन्य विधाका विजेताहरुलाई काठमाडौंमा विशेष कार्यक्रम गरि अवार्ड प्रदान गरिनेछ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend