२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • इरानको युएई र कतारमा मिसाइल तथा...

इरानको युएई र कतारमा मिसाइल तथा ड्रोन आक्रमण, दुवै देशमा उच्च सुरक्षा सतर्कता

इरानको युएई र कतारमा मिसाइल तथा ड्रोन आक्रमण, दुवै देशमा उच्च सुरक्षा सतर्कता

सहर्ष न्युज
आइतवार, आषाढ २८ २०८३
सहर्ष न्युज
आइतवार, आषाढ २८ २०८३
  • काठमाडौं । इरानले संयुक्त अरब इमिरेट्स (यूएई) र कतारलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको छ। आक्रमणपछि दुवै देशले सुरक्षा सतर्कता उच्च बनाउँदै हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरेका छन्।

    यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनलाई अवरोध गर्न देशको हवाई प्रतिरक्षा प्रणाली परिचालन गरिएको थियो। प्रतिरक्षा प्रणालीले लक्ष्यहरूलाई बीचमै निष्क्रिय पार्ने क्रममा विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएको जनाइएको छ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार प्रतिरक्षा प्रणालीको सक्रियताका कारण सम्भावित ठूलो क्षति टारिएको अधिकारीहरूले बताएका छन्।

    यता, कतारले पनि सुरक्षा जोखिम बढेको भन्दै देशभर उच्च सतर्कता अपनाएको छ। कतारको गृह मन्त्रालयले नागरिक तथा बासिन्दाको मोबाइल फोनमा आपतकालीन सुरक्षा सन्देश पठाउँदै सुरक्षा निकायका निर्देशन पालना गर्न र अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन आग्रह गरेको छ।

    आइतबार बिहान स्थानीय समयअनुसार करिब ५:३६ बजे पठाइएको पहिलो सन्देशमा नागरिकलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको थियो। केही समयपछि अर्को सन्देशमार्फत तत्कालका लागि सुरक्षा जोखिम हटेको जानकारी दिइएको मन्त्रालयले जनाएको छ।

    इरानको आक्रमणपछि मध्यपूर्व क्षेत्रमा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। घटनाबारे दुवै देशका सुरक्षा निकायले निगरानी बढाएका छन् भने क्षेत्रीय तनाव थप चुलिने चिन्ता व्यक्त गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend