२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • आत्मदाहको प्रयास गरेका उद्योगी तथा समाजसेवी...

आत्मदाहको प्रयास गरेका उद्योगी तथा समाजसेवी राउतको निधन, आर्थिक तनाब र पारिवारिक झगडा रहेको समाचारले परिवार दुःखी

आत्मदाहको प्रयास गरेका उद्योगी तथा समाजसेवी राउतको निधन, आर्थिक तनाब र पारिवारिक झगडा रहेको समाचारले परिवार दुःखी

सहर्ष न्युज
आइतवार, आषाढ २८ २०८३
सहर्ष न्युज
आइतवार, आषाढ २८ २०८३
  • ई–आर्थिक, काठमाडौं । उद्योगी तथा व्यवसायी अस्मिनकुमार राउतको निधन भएको छ । काठमाडौंको बुद्धनगरस्थित आफ्नो घरको भान्साकोठामा आत्मदाहको प्रयास गरेका राउतको बीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ५० बर्षिय राउतका एक श्रीमती र एक छोरा रहेका छन् । श्रीमती र छोरासँगै बस्दै आएका राउतले कोही नभएको अवस्थामा शनिबार विहान ७ बजे आत्मदाहको प्रयास गरेका थिए ।

    ६० प्रतिशत जलेको अवस्थामा उनलाई उद्दार गरी अस्पताल पु¥याइएको थियो । दयनीय अवस्थामा राउतको बीर अस्पालमा उपचार हुँदा हुँदै उनको निधन भएको पारिवारिक स्रोतको छ ।
    नशा र हड्डी सम्बन्धी रोगको उपचार गराएर भारतबाट केही समयअघिमात्र भारतबाट फर्किएका बेड रेस्टुमा थिए ।

    स्वास्थ्यमा राम्ररी सुधार नभए पछि उनी केही दिन अघिदेखि तनाबमा रहेको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । निर्माण व्यवसायी समेत रहेका राउतले लामो समयदेखि सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि सञ्चालन गर्दै आएका थिए ।

    उनले दिब्यश्री ट्रेड कन्सर्न प्रालिका नामका व्यवसायिक संस्था पनि सञ्चालन गर्छन् । हेटौंडामा रहेको सुपर वायरले तार जाली उत्पादन गर्छ भने दिब्यश्री ट्रेड कन्सर्नले 'निओन ब्राण्ड'का होम एप्लायन्सेसको नेपालका आधिकारिक विक्रेताका कार्य गर्दै आएको छ ।

    व्यापारमा आएको मन्दिले आर्थिक रुपमा तनाबमा रहेको र घरायशी विवादको कारण आत्मदाहको प्रयास गरेका भन्ने समाचार झुठो भएको पारिवारिक स्रोतले जनाएको छ ।

    'समाचारमा भनिए जस्तै उनमा आर्थिक मन्दीको तनाब पनि थिएन र घरायशी विवाद पनि थिएन' नातामा काका पर्ने पूर्वसांसद बिष्णुबहादुर राउतले भने- 'उनलाई परेको समस्या समाधान गर्ने अस्मिनले हामीलाई कुनै अवसर नै दिएन् ।'

    उनले गरेको यस्तो दुखद् निर्णयले आफूलाई स्तब्ध र दुःखी बनाएको पूर्वसांसद राउतले जानकारी दिए ।उनले आत्मदाहको प्रयास गर्नुपर्ने कारण खुलिनसकेको प्रहरीले जानकारी दिएको छ ।

    सिराहको पक्किटोलमा समेत घर रहेका राउतको पुर्खौली उदयपुरसँग जोडिएको छ ।

    'लामो समयदेखि समाजसेवामा जोडिएका उनी राउत क्षत्री सेवा समाज नेपालका केन्द्रीय अध्यक्ष समेत हुन । 'अस्मिन राउतजीको दुखद खबरले राउत समाज र आफूलाई स्तब्ध बनाएको छ ।' राउत क्षेत्र सेवा समाज नेपालका का.बा. अध्यक्षको समेत जिम्मेवारी लिएका हरिकृष्ण राउतले भने–'ब्यक्तिगत र समाजको तर्फबाट उहाँलाई भाबपूर्ण श्रद्धाञ्जली छ ।'

    उनलाई श्रद्धाञ्जली ब्यक्त गर्न र शोक सन्तप्त परिवारप्रति समवेदन प्रकट गर्न समाजको केन्द्रीय कार्यसमितको बैठक छिट्टै बोलाइने पनि का.बा. अध्यक्ष राउतले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend