२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • अमेरिका–इरान तनाव फेरि चर्कियो, कोनारक, चाबहारसहित...

अमेरिका–इरान तनाव फेरि चर्कियो, कोनारक, चाबहारसहित इरानका विभिन्न शहरमा अमेरिकी हवाई आक्रमण

अमेरिका–इरान तनाव फेरि चर्कियो, कोनारक, चाबहारसहित इरानका विभिन्न शहरमा अमेरिकी हवाई आक्रमण

सहर्ष न्युज
बिहिवार, आषाढ २५ २०८३
सहर्ष न्युज
बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौं : अमेरिका र इरानबीचको युद्धविराम समाप्त भएपछि दुवै देशबीचको तनाव पुनः चुलिएको छ। अमेरिकी सेनाले कोनारक, चाबहार, बन्दर अब्बास र बुशेहरलगायत इरानका विभिन्न शहरमा हवाई आक्रमण जारी राखेको जनाएको छ।

    यसअघि मंगलबार पनि अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य अड्डालाई लक्षित गर्दै हवाई आक्रमण गरेको थियो।

    अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार स्ट्रेट अफ होर्मुज क्षेत्रमा जहाजहरूमाथि भएको आक्रमणको जवाफस्वरूप यो सैन्य कारबाही गरिएको हो।

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नेटो शिखर सम्मेलनका क्रममा अमेरिका आवश्यक परे इरानमाथि थप ठूलो आक्रमण गर्न तयार रहेको बताएका छन्।

    ‘हामीले हिजो राति निकै कडा आक्रमण गर्यौं, र आवश्यक परे आज राति पनि फेरि आक्रमण गर्न सक्छौं। इरानले लामो समयदेखि मध्यपूर्वमा दबाब सिर्जना गरिरहेको छ, तर अब त्यो अवस्था रहने छैन,’ ट्रम्पको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    यता, इरानले मंगलबार स्ट्रेट अफ होर्मुज क्षेत्रमा तीनवटा जहाजलाई निशाना बनाएको स्वीकार गरेको छ। इरानी पक्षका अनुसार ती व्यावसायिक जहाजहरूले तोकिएको समुद्री मार्गको पालना नगरेकाले कारबाही गरिएको हो।

    युद्धविराम अन्त्यसँगै अमेरिका र इरानबीचको सैन्य तनाव फेरि बढेको छ। यस घटनाक्रमले मध्यपूर्वको सुरक्षा अवस्था र विश्व ऊर्जा आपूर्तिमा थप असर पर्न सक्ने विश्लेषण गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend