२०८३ भाद्र २७ गते शनिवार

images

अमेरिका-इरान युद्धविराम 'अन्त्य भएको' ट्रम्पको घोषणा

अमेरिका-इरान युद्धविराम 'अन्त्य भएको' ट्रम्पको घोषणा

सहर्ष न्युज
बुधवार, आषाढ २४ २०८३
सहर्ष न्युज
बुधवार, आषाढ २४ २०८३
  • काठमाडौं । दुई देशबीच आक्रमण-प्रत्याक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका-इरान युद्धविराम "अन्त्य भएको" घोषणा गरेका छन्।

    "म अब उनीहरूसँग 'डील' गर्न चाहन्न, उनीहरू खराब छन्," टर्कीको एङ्करामा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)को सम्मेलनमा बोल्दै उनले भने, "उनीहरू बिरामी मान्छे हुन्। उनीहरूलाई बिरामीले नेतृत्व गरिरहेका छन्। उनीहरू हानिकारक र हिंस्रक मानिस हुन्। उनीहरूसँग पारमाणविक हतियार भएका भए प्रयोग गर्थे। जहाँसम्म मेरो सवाल छ, अब यो सकियो।"

    ट्रम्पले इरानसँग कुराकानी जारी राख्नु समय खेर फाल्नु भएको पनि बताए।

    पृष्ठभूमि

    त्यसअघि मङ्गलवार स्ट्रेट अफ होर्मुजमा तेल बोकेका तीन ओटा ट्याङ्करहरूमा आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले ८० भन्दा बढी इरानी निसानाहरूमा हमला गरेको बताएको थियो।

    तेल ट्याङ्करहरूमा आक्रमण भएको घटनाबारे इरानले जिम्मेवारी लिएको छैन। यद्यपि अमेरिकाले हमला गरेपछि इरानले पनि आफूले बाहरेन र कुवेतमा रहेका अमेरिकी सैन्य पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएको थियो।

    गत महिना "सबै मोर्चामा" युद्धविराम विस्तार गर्ने लक्ष्यसहित तेहरान र वाशिङ्टनबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

    यसैबीच नेटोका प्रमुख मार्क रुटले इरानले सुरुमा युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकी आक्रमण "पूर्णतः आवश्यक" रहेको दाबी गरेका छन्।

    इरानी संसद्‌का सभामुख मोहम्मद बाेर गालिबाफले भने अमेरिकाले नै युद्धविरामको समझदारी उल्लङ्घन गरेको दाबी गरे।

    तेलको मूल्य बढ्यो

    युद्धविराम भङ्ग भएको ट्रम्पको घोषणासँगै अन्तर्राष्ट्रय तेल बजारमा तत्कालै मूल्यवृद्धि भएको छ।

    उनको भनाइ बाहिरिनुअघि प्रतिब्यारल तेलको मूल्य ७६ अमेरिकी डलरभन्दा केही कम थियो। तर लगत्तै यसको मूल्य बढेर ७८ डलर पुग्यो।

    तेलको मूल्य अझै बढ्ने आकलन गरिएको समाचार बीबीसीले लेखेको छ । 

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend