२०८३ भाद्र २७ गते शनिवार

images

सचिव कृष्णहरि पुष्कर अनिवार्य अवकाशमा

सचिव कृष्णहरि पुष्कर अनिवार्य अवकाशमा

बुधवार, आषाढ २४ २०८३
बुधवार, आषाढ २४ २०८३
  • काठमाडौँ । नेपाल सरकारका सचिव कृष्णहरि पुष्कर बुधबारदेखि अनिवार्य अवकाशमा गएका छन्। उनको अवकाशसँगै नेपाल सरकारको एक सचिव पद रिक्त भएको छ।

    पुष्कर पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए। उनले निजामती सेवाका विभिन्न महत्त्वपूर्ण मन्त्रालय र निकायमा सचिवका रूपमा जिम्मेवारी निर्वाह गरेका छन्।

    उनी २०७८ असार २४ गते नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) मा बढुवा भएका थिए। सचिवका रूपमा उनले राजस्व सचिव, अर्थ सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (हाल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय), तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (हाल युवा, श्रम तथा रोजगार मन्त्रालय) तथा उपराष्ट्रपतिको कार्यालयमा कार्यसम्पादन गरेका थिए।

    कृष्णहरि पुष्करले २०५३ माघ १७ गते जिल्ला विकास समिति कार्यालय, कालिकोटबाट नायब सुब्बा (नासु) पदमा नियुक्ति लिएर निजामती सेवामा प्रवेश गरेका थिए। त्यसयता करिब तीन दशक लामो निजामती सेवामा उनले विभिन्न जिम्मेवारी सम्हाले।

    पछिल्लो समय उनी मुख्यसचिवका सम्भावित दाबेदारमध्ये एकका रूपमा पनि हेरिएका थिए। तर हालका मुख्यसचिव सुमनराज अर्याल दुई दिनपछि अर्थात् असार २६ गतेदेखि मात्रै अनिवार्य अवकाशमा जाने भएकाले पुष्कर भने त्यसअघि नै अवकाशमा पुगे। यससँगै उनको मुख्यसचिव बन्ने सम्भावना पनि समाप्त भएको छ।

    अवकाशको उत्तरार्धमा प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)लाई एसएमएस गरेको विषयले उनी चर्चामा आएका थिए ।

    पुष्करको अवकाशसँगै नेपाल सरकारमा थप एक सचिव पद रिक्त भएको छ।

    साभार : प्रशासन न्युज  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend