२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • बारम्बार विद्युत् ट्रिपिङ भएपछि सरकारको विशेष...

बारम्बार विद्युत् ट्रिपिङ भएपछि सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारी अवस्थामा

बारम्बार विद्युत् ट्रिपिङ भएपछि सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारी अवस्थामा

सहर्ष न्युज
बुधवार, आषाढ २४ २०८३
सहर्ष न्युज
बुधवार, आषाढ २४ २०८३
  • वर्षायाममा विद्युत् आपूर्ति भरपर्दो बनाउन मन्त्रालय सक्रिय, गुनासोका लागि ११५० र ११५१ हटलाइन सञ्चालन

    काठमाडौं। वर्षायाममा पटकपटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या बढ्न थालेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सुरु गरेको छ।

    मन्त्रालयले मनसुनका कारण उत्पन्न हुने विद्युत् अवरोधलाई उच्च प्राथमिकतामा राख्दै सेवा नियमित, सुरक्षित र भरपर्दो बनाउन अभियान सञ्चालन गरेको जनाएको छ।

    ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार विद्युत् आपूर्तिसम्बन्धी गुनासो प्राप्त हुनासाथ तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरणले आवश्यक प्राविधिक जनशक्ति र उपकरण २४सै घण्टा तयारी अवस्थामा राखेको छ।

    मनसुनका कारण हुन सक्ने सम्भावित प्राविधिक समस्या पहिचान गरी तत्काल समाधान गर्ने उद्देश्यले मन्त्रालयले प्राधिकरणसँग समन्वय बढाउँदै विद्युत् वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ।

    मन्त्रालयले विद्युत् आपूर्तिसम्बन्धी कुनै पनि समस्या, गुनासो वा उजुरी परेमा उपभोक्तालाई निःशुल्क हटलाइन नम्बर ११५० वा ११५१ मा सम्पर्क गर्न आग्रह गरेको छ। मन्त्रालयका अनुसार प्राप्त गुनासोको शीघ्र सुनुवाइ र समाधानका लागि सम्बन्धित निकायलाई उच्च सतर्कतामा राखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend