२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • सरकारले सार्वजनिक गर्‍यो सय दिने उपलब्धि,...

सरकारले सार्वजनिक गर्‍यो सय दिने उपलब्धि, प्रशासनिक सुधार र खर्च कटौतीलाई प्राथमिकता (सूचिसहित)

सरकारले सार्वजनिक गर्‍यो सय दिने उपलब्धि, प्रशासनिक सुधार र खर्च कटौतीलाई प्राथमिकता (सूचिसहित)

सहर्ष न्युज
आइतवार, आषाढ २१ २०८३
सहर्ष न्युज
आइतवार, आषाढ २१ २०८३
  • बालेन्द्र शाह सरकारको १०० दिन

    काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले कार्यभार सम्हालेको १०० दिन पूरा भएको छ। उक्त अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेको हो।

    शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमा सरकारका प्रमुख उपलब्धिबारे जानकारी दिँदै वर्तमान सरकारले विशेष सय दिने कार्यसूचीका आधारमा काम अघि बढाएको बताए।

    सरकारले सार्वजनिक गरेको उपलब्धिको पहिलो बुँदामा सङ्घीय मन्त्रालयको संख्या घटाउने विषयलाई प्राथमिकताका साथ समावेश गरिएको छ। प्रवक्ता पोखरेलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रतिबद्धताअनुसार सङ्घीय मन्त्रालयको संख्या घटाएर १८ कायम गरिएको छ।

    उनले मन्त्रालयको संख्या घटाइएपछि राज्यकोषमा वार्षिक करिब २० अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको जानकारी दिए।

    यसका साथै अनावश्यक प्रशासनिक संरचनाको खारेजी तथा समायोजनमार्फत सरकारी खर्च कटौती गर्दै कार्यक्षमता अभिवृद्धि गर्ने नीति सरकारले अवलम्बन गरेको प्रवक्ता पोखरेलले बताए।

    उनका अनुसार राजनीतिक दल निकट मानिएका ट्रेड युनियन तथा विद्यार्थी संगठनहरूको खारेजीसहितका सुधारात्मक कदमले प्रशासनिक प्रणालीमा सुधार ल्याउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको सरकारको दाबी छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend