२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • दैलेख बस दुर्घटना: बेपत्ता गाडी र...

दैलेख बस दुर्घटना: बेपत्ता गाडी र यात्रुको खोजीमा सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन

दैलेख बस दुर्घटना: बेपत्ता गाडी र यात्रुको खोजीमा सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन

सहर्ष न्युज
शनिवार, आषाढ २० २०८३
सहर्ष न्युज
शनिवार, आषाढ २० २०८३
  • काठमाडौँ : दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि बेपत्ता गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले विशेष गोताखोर टोली परिचालन गरेको छ।

    सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा चार जना गोताखोरसहितको टोली विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट घटनास्थलतर्फ प्रस्थान गरेको हो। टोली शनिबार घटनास्थल पुगेर अत्याधुनिक उपकरणको प्रयोगमार्फत खोजी कार्य सुरु गर्ने सशस्त्र प्रहरी बलका नायब उपरीक्षक तथा सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

    खोजीका क्रममा पानीमुनि तथा तीव्र बहावमा रहेका वस्तु पहिचान गर्न प्रयोग हुने सोनार क्यामरा, म्याग्नेट लगायतका विशेष उपकरण प्रयोग गरिने सशस्त्र प्रहरीले जनाएको छ।

    गत असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गबाट करिब ६०० देखि ७०० मिटर तल कर्णाली नदीमा खसेको थियो।

    दुर्घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा सशस्त्र प्रहरी बल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट समेत ६ जना गोताखोरसहितको उद्धार टोली परिचालन गरिएको थियो।

    दुर्घटनाकै दिन घटनास्थलबाट करिब ४०० मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला पारेर निकालिएको थियो। तर दुर्घटनामा परेको गाडी तथा अन्य यात्रुको अवस्था अझै अज्ञात रहेकाले खोजी कार्यलाई थप तीव्र बनाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend