२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • उच्च अदालत जनकपुरले ५ वर्ष कैद...

उच्च अदालत जनकपुरले ५ वर्ष कैद सजाय सुनाएको भोलिपल्ट महोत्तरीबाट पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

उच्च अदालत जनकपुरले ५ वर्ष कैद सजाय सुनाएको भोलिपल्ट महोत्तरीबाट पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

सहर्ष न्युज
शुक्रवार, आषाढ १९ २०८३
सहर्ष न्युज
शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौं । नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरी थमन बिक हत्या प्रकरणमा पक्राउ परेका छन्।

    महोत्तरी प्रहरीले बिहीबार साँझ गौशाला नगरपालिका–५ स्थित नेकपा (एमाले)को पार्टी कार्यालय अगाडिबाट उनलाई पक्राउ गरेको हो। उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिक हत्या प्रकरणमा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको भोलिपल्ट प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

    प्रहरीका अनुसार बुधबार उच्च अदालत जनकपुरले कोइरीलाई उक्त घटनामा दोषी ठहर गर्दै पाँच वर्षको कैद सजाय सुनाएको थियो। त्यसलगत्तै अदालतको आदेश कार्यान्वयनका लागि खोजी गरिरहेको प्रहरीले बिहीबार साँझ उनलाई पक्राउ गरेको हो।

    थमन बिकको हत्या २०७२ साल भदौ २५ गते तेस्रो मधेस आन्दोलनका क्रममा भएको थियो। आन्दोलनका क्रममा घाइते भएका बिकलाई उपचारका लागि एम्बुलेन्समार्फत जनकपुर लैजाँदै गर्दा बाटोमै एम्बुलेन्सबाट निकालेर हत्या गरिएको आरोप छ।

    यसअघि महोत्तरी जिल्ला अदालतले लक्ष्मी महतो कोइरीलाई उक्त मुद्दामा सफाइ दिएको थियो। तर, पुनरावेदनपछि उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend