२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • ‘मिस नेपाल २०२६’ का फाइनलिस्टको प्रतिभा...

‘मिस नेपाल २०२६’ का फाइनलिस्टको प्रतिभा प्रदर्शन, ट्यालेन्ट राउन्ड सम्पन्न

‘मिस नेपाल २०२६’ का फाइनलिस्टको प्रतिभा प्रदर्शन, ट्यालेन्ट राउन्ड सम्पन्न

सहर्ष न्युज
शुक्रवार, आषाढ १९ २०८३
सहर्ष न्युज
शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौं । ‘मिस नेपाल २०२६’ को मुख्य प्रतिस्पर्धा नजिकिँदै गर्दा अन्तिम चरणमा पुगेका प्रतिस्पर्धीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्।

    ‘मिस नेपाल’को आधिकारिक आयोजक संस्था दि हिडन ट्रेजरले बिहीबार ललितपुरमा आयोजना गरेको ‘ट्यालेन्ट राउन्ड’ मा २४ जना फाइनलिस्टले विविध विधामार्फत आफ्नो क्षमता प्रदर्शन गरेका हुन्।

    यस वर्ष अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीहरूले संगीत, नृत्य, वक्तृत्वकला, कविता, चित्रकला लगायत विभिन्न सिर्जनात्मक विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। चिकित्सा, इन्जिनियरिङ, कानुन लगायत विभिन्न पेसागत पृष्ठभूमिका साथै देशका विभिन्न सहरबाट छनोट भएका प्रतिस्पर्धीहरूले आफ्नो प्रस्तुतीमार्फत निर्णायक मण्डललाई प्रभावित पार्ने प्रयास गरेका थिए।

    आयोजकका अनुसार ‘ट्यालेन्ट राउन्ड’मा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीको घोषणा आगामी साउन १६ गते पुल्चोकस्थित द प्लाजामा हुने ‘मिस नेपाल २०२६’ को ग्रान्ड फिनालेमा गरिनेछ। उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने विजेताले विधागत उपाधिसमेत प्राप्त गर्नेछन्।

    ‘मिस नेपाल २०२६’ को अन्तिम प्रतिस्पर्धाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend