२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • ठमेलमा अश्लील गतिविधिमा संलग्न ५ विदेशी...

ठमेलमा अश्लील गतिविधिमा संलग्न ५ विदेशी महिला पक्राउ, प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप

ठमेलमा अश्लील गतिविधिमा संलग्न ५ विदेशी महिला पक्राउ, प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप

सहर्ष न्युज
बिहिवार, आषाढ १८ २०८३
सहर्ष न्युज
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलबाट अश्लील गतिविधिमा संलग्न रहेको आरोपमा पाँच विदेशी महिला पक्राउ परेका छन्।

    प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेल क्षेत्रमा सार्वजनिक स्थानमा अशोभनीय गतिविधिमा संलग्न भएको तथा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा चार युगान्डाली र एक इन्डोनेसियाली नागरिकलाई पक्राउ गरेको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित सडकमा ती महिलाले स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोलमोलाइ गर्दै दुःख–हैरानी दिइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

    प्रहरीका अनुसार पक्राउपछि उनीहरूलाई सम्झाइबुझाइ गर्ने क्रममा उनीहरूले ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहारसमेत गरेका थिए।

    पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend