२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • देशभर एक लाख ३७ हजार हेक्टर...

देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ

देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ

सहर्ष न्युज
बिहिवार, आषाढ ११ २०८३
सहर्ष न्युज
बिहिवार, आषाढ ११ २०८३
  • काठमाडौँ । देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ भएको छ ।

    कृषि विभागले देशभर करिब १० प्रतिशत धान रोपाइँ भएको जनाएको हो । गत वर्षको तुलनामा रोपाइँ ०।४ प्रतिशतले बढेको छ ।

    मुलुकभर करिब १३ लाख ८१ हजार हेक्टर जमिनमा रोपाइँ हुने गर्दछ । यही असार ८ गतेसम्म सबैभन्दा बढी कर्णाली  प्रदेशमा २२।८ प्रतिशत र बागमती प्रदेशमा २।३ प्रतिशत रोपाइँ भएको छ ।

    मधेस प्रदेशमा करिब पाँच प्रतिशत मात्र रोपाइँ भएको छ । धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भई कुल उत्पादनको ७० प्रतिशत योगदान रहेको छ भने पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ ।

    विभागका महानिर्देशक प्रकाशकुमार संजेलका अनुसार मनसुन अलि ढिला सक्रिय भएकाले रोपाइँका लागि देशका अधिकांश ठाउँमा आवश्यक वर्षा हुन सकेको छैन ।

    मौसमको प्रतिकूलता, प्राकृतिक विपद्, अतिवृष्टि तथा अनावृष्टि, मलको समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ । कृषि सूचना केन्द्रले कृषि उत्पादन बढाउन पछिल्लोपटक विकास भएका ज्ञान, सीप, प्रविधि प्रयोग, मनसुनका अवस्थासम्बन्धी जानकारी दिँदै आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend