२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • कतारस्थित ग्यास उद्योगमा विस्फोट, १३ जनाको...

कतारस्थित ग्यास उद्योगमा विस्फोट, १३ जनाको मृत्यु

कतारस्थित ग्यास उद्योगमा विस्फोट, १३ जनाको मृत्यु

सहर्ष न्युज
बुधवार, आषाढ १० २०८३
सहर्ष न्युज
बुधवार, आषाढ १० २०८३
  • नयाँदिल्ली । कतारस्थित रास लाफान तरलीकृत प्राकृतिक ग्यास उद्योग (एलएनजी)मा भएको विस्फोटका कारण १३ जना मृत्यु भएको उल्लेख गर्दै मृत्यु हुने मध्ये १२ जना भारतीय नागरिक रहेको कतारस्थित भारतीय दूतावासले बताएको छ ।

    उक्त विस्फोटको घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भई सकेको जनाउँदै अन्य ६६ जना घाइते भएको दुतावासले जनाइएको छ ।

    मृतकको पार्थिव शरीर चाँडै नै भारत पठाइने तयारी भइरहेको पुष्टि गर्दै दूतावासले यस घटनाबाट प्रभावित भारतीय नागरिक र उनीहरूका परिवारलाई यथा सक्य सहयोग गर्नका लागि कतारी अधिकारीहरूसँग सम्पर्कमा रहेर आवाश्यक काम गरिरहेको जनाएको छ ।

    गत मार्च महिनामा भएको इरानी आक्रमण पछि बन्द भएको ग्यास उद्योग पुनः सञ्चालनमा आइ कामदारहरूले काम गरिरहेको समयमा  विस्फोट भएको मिडियाले रिपोर्ट गरेका छन् । रासस/सिन्ह्वा

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend