२०८३ कार्तिक १४ गते शुक्रवार

images
  • समाज
  • विपदबाट ७६ को मृत्यु हुँदा ७२...

विपदबाट ७६ को मृत्यु हुँदा ७२ जना वेपत्ता, उद्दारमा १० हजार सुरक्षाकर्मी परिचालन

विपदबाट ७६ को मृत्यु हुँदा ७२ जना वेपत्ता, उद्दारमा १० हजार सुरक्षाकर्मी परिचालन

सहर्ष न्युज
शनिवार, आश्विन १२ २०८१
सहर्ष न्युज
शनिवार, आश्विन १२ २०८१
  • काठमाडौं । लगातार परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुवानबाट शनिबार साँझसम्म मर्नेको सङ्ख्या ७६ पुगेको छ । यसैगरी, ७२ जना अझै वेपत्ता छन् भने उद्धार र राहत वितरणको कार्य पनि जारी रहेको छ ।

    सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार, देशभरिबाट प्राप्त विवरण अनुसार मर्नेको सङ्ख्या ७६ र वेपत्ताको सङ्ख्या ७२ जना रहेको छ ।

    यसैबीच २०८१ असोज १० गतेदेखि सुरु भएको अविरल वर्षाको कारण नेपालका विभिन्न जिल्लामा भएको घटनामा खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १० हजार ५ सय ४० जना जनशक्ति परिचालित भएका छन ।

    फौजले बाढी, पहिरो र डुवानमा परेका २ हजार ८ सय ६० जनाको सकुशल उद्धार गरेको छ भने ७६ जनाको मृत्यु, ७२ जना वेपत्ता, ३६ जना घाइते र १ सय ९५ ठाउँमा भौतिक क्षति भएको छ ।

    उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर ३ वटै जिल्लामा २३ वटा बोट र गोताखोरसहित ९० स्थानमा करीब ४ हजार जनशक्ति परिचालित भई १ हजार ४ सय ५७ जनाको सकुशल उद्धार गरिएको छ भने ३४ जनाको मृत्यु, २१ जना वेपत्ता, १५ जना घाइते र २ स्थानहरुमा भौतिक क्षति पुगेको छ ।

    यसैगरी, कोशी प्रदेशको पाँचथर, ओखलढुङ्गा, धनकुटा, झापा, मोरङ, सोलुखुम्बु र सुनसरीमा गरी ८ सय ५३ जनाको सकुशल उद्धार गरिएको छ भने १ सय ५२ स्थानमा भौतिक क्षति, १० जनाको मृत्यु, ९ जना वेपत्ता र २ जना घाइते भएका छन् ।

    मधेश प्रदेशको रौतहट र महोत्तरी जिल्लामा ५५ जनाको सकुशल उद्धार गरिएको छ भने १० स्थानमा भौतिक क्षति र १ जना वेपत्ता भएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend