क्यानडामा सोमबार बिहान भएको खेलमा इजिप्टले न्युजिल्इान्डलाई ३–१ गोलले हरायो । इजिप्टको जितमा इजिप्टको जितमा मोहम्मद सलाह, मोस्तफा जिको र ट्रेजेग्वेटले एक एक गोल गर्नुभयो । इजिप्टले सबै गोल दोस्रो हाफमा गरेको थियो ।
यसअघि न्युजिल्यान्डले १५औँ मिनेटमा फिन सरम्यानको गोलमा सुरुवाती अग्रता लिएपनि हार टार्न सकेन । जितसँगै इजिप्टले दुई खेलबाट चार अङ्क बनाएको छ । इजिप्टको नकआउट पुग्ने सम्भावना समेत बलियो बनेको छ ।
यही समूह अन्तर्गत अर्को खेलमा बेल्जियम र इरानले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । दुई वटा बराबरी खेलेका बेल्जियम र इरानको समान दुई दुई अङ्क छ । एक बराबरी र एक हार खेपेको न्युजिल्यान्ड एक अङ्कसहित चौथो स्थानमा छ । एजेन्सी
