२०८३ भाद्र २८ गते आइतवार

images

सहकारी ठगी प्रकरणका फरार ढोरपाटनका मेयर नेपाली पक्राउ

सहकारी ठगी प्रकरणका फरार ढोरपाटनका मेयर नेपाली पक्राउ

सहर्ष न्युज
शुक्रवार, आश्विन ११ २०८१
सहर्ष न्युज
शुक्रवार, आश्विन ११ २०८१
  • काठमाडौं ।   इमेज सहकारीको बचत  ठगी प्रकरण  फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् ।

    मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन्  । उनले इमेज सहकारीको बचत अपचलन गरेको आरोप लागेको छ  ।

    उनी इमेज सहकारीको  एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए । नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण बानाइदिन आग्रह गरेका थिए ।

    उनीविरुद्ध सहकारी बचत रकम अपचलन अभियोगमा मुद्दा चलिसकेको छ । तर, महान्यायाधिवक्ताको कार्यालयले बैंकिङ कसुर र सहकारी ऐनअन्तर्गतका मुद्दामा ऋण तिरेको खण्डमा मिलापत्र गर्न सकिने व्यवस्था गरेसँगै उनी पक्राउ परेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend