२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • जब गृहमन्त्रीलाई सांसद राईले ‘क्विक एक्सन...

जब गृहमन्त्रीलाई सांसद राईले ‘क्विक एक्सन मिनिस्टर’ भने...

जब गृहमन्त्रीलाई सांसद राईले ‘क्विक एक्सन मिनिस्टर’ भने...

सहर्ष न्युज
मंगलवार, आषाढ २ २०८३
सहर्ष न्युज
मंगलवार, आषाढ २ २०८३
  • काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले माइतीघर मण्डलामा लामो समयदेखि विभिन्न माग राखेर धर्ना दिइरहेका नागरिकहरूको समस्या समाधान गर्न गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराएका छन्।

    श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका उनले मंगलबार संसद्‌मा बोल्दै गृहमन्त्री गुरुङलाई ‘क्विक एक्सन मिनिस्टर’ को संज्ञा दिँदै यस्तो बताएका हुन्। केही समयअघि गृहमन्त्री आफैँ फिल्ड भिजिटमा गएको स्मरण गराए। माइतीघरमा पाल टाँगेर बस्न बाध्य भएका मानिसहरूका माग बुझेर सरकारले तत्काल न्याय दिनुपर्ने उनको माग रहेको छ। 

    सो अवसरमा उनले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा दिएको सीमाबारेको अभिव्यक्ति अभिलम्ब सच्याउनुपर्ने माग पनि दोहोर्‍याए। सांसद राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखले आदेश दिने विश्वास उनको छ। भौगोलिक अखण्डताको रक्षार्थ सबै दृढतापूर्वक उभिनुपर्नेमा उनको जोड थियो।

    साथै, सांसद राईले रौतहटको गौर नजिकै भारतले उच्च बाँध बाँधेर लालबकैया र बागमती नदीको प्राकृतिक निकास बन्द गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। उनले यसबाट नेपाली भूभागमा डुबान हुने गरेको भन्दै यसको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग समेत गरेका छन्। ‘भारतको भूभाग बचाउनका लागि हाम्रो भूभाग डुबानमा पार्ने खालको सम्झौता राष्ट्रघाती करार हो,’ राईले भने, ‘यस विषयमा नेपाल सरकारले गम्भीर भएर खोजी गरोस् र आवश्यक कदम चालोस्।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend