२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको...

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा, पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान हुँदै

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा, पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान हुँदै

सहर्ष न्युज
मंगलवार, आषाढ २ २०८३
सहर्ष न्युज
मंगलवार, आषाढ २ २०८३
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।

    अख्तियार निकट स्रोतका अनुसार पासपोर्ट खरिदसम्बन्धी प्रकरणको अनुसन्धानका क्रममा अर्याललाई नियन्त्रणमा लिइएको हो। उक्त प्रकरणमा व्यवसायी सिद्धार्थ थापाको समेत संलग्नता रहेको आशंका गरिएको छ।

    स्रोतका अनुसार यस घटनासँग सम्बन्धित अर्का एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ। पक्राउ परेका सबैलाई सुरक्षा निगरानीमा राखेर थप अनुसन्धान अघि बढाइएको जनाइएको छ।

    अख्तियारले घटनाबारे औपचारिक विवरण सार्वजनिक नगरे पनि राहदानी खरिद प्रक्रियासम्बन्धी अनियमितताको आशंकामा अनुसन्धान भइरहेको बताइएको छ।

    यस विषयमा थप विवरण आउन बाँकी रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend