२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • दुई मन्त्रीलाई अँगालो हालेर प्रधानमन्त्री बालेनले...

दुई मन्त्रीलाई अँगालो हालेर प्रधानमन्त्री बालेनले लेखे- 'देश बनाउने टोली'

दुई मन्त्रीलाई अँगालो हालेर प्रधानमन्त्री बालेनले लेखे- 'देश बनाउने टोली'

सहर्ष न्युज
सोमवार, आषाढ १ २०८३
सहर्ष न्युज
सोमवार, आषाढ १ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मुलुक निर्माणको सङ्कल्पसहित आफ्नो टोलीको तस्बिर सार्वजनिक गरेका छन्। आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँगको तस्बिर सेयर गरेका हुन्।

    तस्बिरमा कालो पहिरनमा देखिएका प्रधानमन्त्री शाहले दुई मन्त्रीलाई बीचमा बसेर अँगालो हालेका छन्। उनले उक्त पोस्टको क्याप्सनमा ‘देश बनाउने टोली’ लेखेका छन्।

    तस्बिरमा प्रधानमन्त्रीको दाहिनेतर्फ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र देब्रेतर्फ भर्खरै पुनर्बहाली भएका गृहमन्त्री सुधन गुरुङ रहेका छन्। 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी यी दुवै मन्त्रीलाई प्रधानमन्त्री बालेन शाहनिकट मानिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend