२०८३ भाद्र २८ गते आइतवार

images
  • पर्यटन
  • त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडान विहानसम्मका...

त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडान विहानसम्मका लागि स्थगित

त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडान विहानसम्मका लागि स्थगित

सहर्ष न्युज
शुक्रवार, आश्विन ११ २०८१
सहर्ष न्युज
शुक्रवार, आश्विन ११ २०८१
  • काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसममा आएको खराबीका कारण भोलि बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको छ । निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भोलि विहानसम्म आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको हो ।

    आज साँझदेखि भोलि विहान ६ बजेसम्मका लागि उडान स्थगित गरिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो ।

    विगत १५ घण्टायता निरन्तरको वर्षाका कारण मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् ।

    आन्तरिकतर्फ अधिकांश विमानस्थलमा उडान हुन सकेन भने अन्तर्राष्ट्रिय उडानतर्फ केही विमान लामोसमय होल्ड भएर अवतरण गरेका थिए । क्यानका अनुसार हाल आन्तरिकतर्फ विहान ६ बजेदेखि राति १० बजेसम्म उडान हुँदै आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend