२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • चीन भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनाल, वाङ...

चीन भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनाल, वाङ यीसँग द्विपक्षीय वार्ता हुने

चीन भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनाल, वाङ यीसँग द्विपक्षीय वार्ता हुने

सहर्ष न्युज
आइतवार, जेठ ३१ २०८३
सहर्ष न्युज
आइतवार, जेठ ३१ २०८३
  • काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि आइतबार चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन्।

    परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय सहकार्यका विविध विषयमा वार्ता गर्ने कार्यक्रम रहेको छ। यसका साथै उनले चीनका उच्च सरकारी अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

    भ्रमणकै क्रममा बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनेछन्। सम्मेलनमा उनले नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने विषयमा चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ।

    परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले स्वागत समारोहको समेत आयोजना गर्नेछ। उक्त कार्यक्रममा उनले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्।

    मन्त्री खनाल असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend