२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा...

परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जानुहुने

परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जानुहुने

सहर्ष न्युज
शनिवार, जेठ ३० २०८३
सहर्ष न्युज
शनिवार, जेठ ३० २०८३
  • काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।

    जनवादी गणतन्त्र चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरोका सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ ३१ गतेदेखि असार ३ गते (जुन १४ देखि १७) सम्म चार दिनका लागि औपचारिक भ्रमणमा जाने गरी मिति तय भएको हो ।

    परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले बेइजिङमा चीनका विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यसूची रहेको छ । नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई थप प्रगाढ बढाउने उद्देश्यसहित पारस्परिक हितका विषयमा छलफल हुने मन्त्रालयले शुक्रबार जारी वक्तव्यमा उल्लेख छ ।

    सो क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय प्रतिष्ठित व्यक्तिसँग पनि भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । साथै नेपालमा विदेशी लगानी प्रवर्धन गर्न

    बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुनुहुने उहाँको कार्यसूची रहेको छ । त्यस क्रममा उहाँले चिनियाँ व्यापारिक समुदायसँग पनि छुट्टै अन्तव्रिर्mया गर्नुहुने जनाइएको छ । त्यस्तै नेपालको दूतावासले मन्त्री खनालको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुँदै त्यहाँ स्थित नेपाली समुदायसँग

    अन्तव्रिर्mया हुने कार्यसूची रहेको छ । मन्त्री खनाल असार ३ गते स्वदेश फर्कनुहुने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend