२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • मेक्सिकोको सानदार सुरुवात: उद्घाटन खेलमै कीर्तिमानी...

मेक्सिकोको सानदार सुरुवात: उद्घाटन खेलमै कीर्तिमानी तीन रातो कार्ड

मेक्सिकोको सानदार सुरुवात: उद्घाटन खेलमै कीर्तिमानी तीन रातो कार्ड

शुक्रवार, जेठ २९ २०८३
शुक्रवार, जेठ २९ २०८३
  • काठमाडौँ ।  फिफा विश्वकप २०२६ को ऐतिहासिक उद्घाटन खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ। विश्वकै प्रतिष्ठित एस्टेका स्टेडियममा भएको खेलमा मेक्सिकोले पूर्ण नियन्त्रण बनाए पनि खेल भने अत्यधिक तनावपूर्ण रह्यो।

    खेलको नवौँ मिनेटमै दक्षिण अफ्रिकाको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै जुलियन क्विनोनेसले विश्वकप २०२६ को पहिलो गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता जोगाएको मेक्सिकोले ६६ औँ मिनेटमा रोबर्टो अल्भाराडोको उत्कृष्ट क्रसमा अनुभवी फरवार्ड राउल जिमेनेजले शक्तिशाली हेडमार्फत गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

    तर खेलको चर्चा केवल मेक्सिकोको जितमा मात्र सीमित रहेन। यो खेल विश्वकप इतिहासकै पहिलो उद्घाटन खेल बन्यो, जहाँ रेफ्रीले तीनवटा रातो कार्ड देखाउनुपर्‍यो। ४९ औँ मिनेटमा दक्षिण अफ्रिकाका याया सिथोले सिधै रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बनेको थियो। त्यसपछि ८३ औँ मिनेटमा भीएआरको समीक्षापछि थेम्बा ज्वाने हिंसात्मक व्यवहारका कारण मैदानबाट बाहिरिए र दक्षिण अफ्रिका ९ खेलाडीमा झर्‍यो। खेलको इन्जुरी समयमा भने मेक्सिकोका डिफेन्डर सेसार मोन्टेसले खराब ट्याकल गरेपछि सिधै रातो कार्ड बेहोरे। अन्ततः मेक्सिकोले महत्वपूर्ण तीन अंकसहित समूह ‘ए’ मा बलियो सुरुवात गर्दा दक्षिण अफ्रिका भने निराशाजनक हार र अनुशासनहीन प्रदर्शनका कारण दबाबमा परेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend