२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • गृहमन्त्री गुरुङको पहिलो निर्णय: दरबार हत्याकाण्डको...

गृहमन्त्री गुरुङको पहिलो निर्णय: दरबार हत्याकाण्डको फाइल पुनः खोलिने

गृहमन्त्री गुरुङको पहिलो निर्णय: दरबार हत्याकाण्डको फाइल पुनः खोलिने

सहर्ष न्युज
मंगलवार, जेठ २६ २०८३
सहर्ष न्युज
मंगलवार, जेठ २६ २०८३
  • जेनजी आन्दोलनका मुद्दा फिर्ताबारे अध्ययन गर्ने प्रतिबद्धता, सीआईबीलाई थप सशक्त बनाउने घोषणा

    काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहणसँगै २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेका छन्। मंगलबार गृह मन्त्रालयमा पदभार सम्हाल्दै उनले उक्त निर्णयमा हस्ताक्षर गरेका हुन्।

    पदभार ग्रहणका क्रममा मन्त्री गुरुङले जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। साथै, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सशक्त बनाउने, लामो समयदेखि छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्‍याउने तथा आवश्यक सबै फाइलहरू खोल्ने निर्णयमा समेत उनले हस्ताक्षर गरेका छन्।

    गृहमन्त्री गुरुङले आफ्नो कार्यकालमा अनुसन्धान तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले यी निर्णयहरू गरिएको बताए।

    उनले पदभार ग्रहण समारोहमा बोल्दै आफूमाथि जस्तोसुकै आरोप लागे पनि सामना गर्न सक्ने तर नेपाली चेलीबेटीमाथि अन्याय भएको सहन नसक्ने बताए। तथ्यबिना आरोप लगाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै उनले मिडिया ट्रायलका कारण कसैले आत्महत्यासम्म गर्नुपर्ने अवस्था सिर्जना नहोस् भन्ने विषयमा सबै पक्ष सचेत हुनुपर्ने धारणा राखे।

    गृहमन्त्री गुरुङले मंगलबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

    गृहमन्त्री गुरुङका चार प्रमुख निर्णय

    • २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने।
    • जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने।
    • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सशक्त बनाउने।
    • छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्‍याउने तथा आवश्यक फाइलहरू पुनः खोल्ने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend