२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • मानसरोवर यात्राको चाप बढ्दा सिमकोट विमानस्थलमा...

मानसरोवर यात्राको चाप बढ्दा सिमकोट विमानस्थलमा एकैदिन १७० उडान

मानसरोवर यात्राको चाप बढ्दा सिमकोट विमानस्थलमा एकैदिन १७० उडान

सहर्ष न्युज
बिहिवार, जेठ २१ २०८३
सहर्ष न्युज
बिहिवार, जेठ २१ २०८३
  • हुम्ला : मानसरोवर–कैलाश यात्राका लागि भारतीय धार्मिक पर्यटकको आगमन बढेसँगै हुम्लाको सिमकोट विमानस्थलमा एकैदिन १७० वटा उडान भएका छन् । पर्यटकीय सिजन सुरु भएसँगै हवाई यातायात गतिविधि उल्लेख्य रूपमा बढेको हो।

    सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहका अनुसार मङ्गलबार नेपालगन्ज–सिमकोट–नेपालगन्ज रुटमा हवाईजहाजबाट ५८ तथा सिमकोट–हिल्सा–सिमकोट रुटमा हेलिकोप्टरबाट ११२ उडान सम्पन्न भएका छन् ।

    उहाँका अनुसार हवाईजहाजले नेपालगन्जबाट सिमकोटका लागि २९ र सिमकोटबाट नेपालगन्जका लागि २९ उडान गरेका थिए । त्यसैगरी हेलिकोप्टरले सिमकोटबाट हिल्सातर्फ ५६ र हिल्साबाट सिमकोटतर्फ ५६ उडान भरेका थिए। यी अधिकांश उडानमा भारतीय धार्मिक पर्यटक सवार रहेका थिए ।

    गत वैशाख ३० गतेदेखि मानसरोवर–कैलाश दर्शनका लागि भारतीय पर्यटक हुम्ला आउन सुरु गरेका हुन् । सोही समयदेखि सिमकोटबाट हिल्सासम्मको हेलिकोप्टर सेवा पनि नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।

    विमानस्थल कार्यालयका अनुसार पछिल्ला तीन सातामध्ये मङ्गलबार सबैभन्दा धेरै उडान भएको दिन बनेको छ । हाल सीता एयर, तारा एयर र समिट एयरका गरी छ वटा जहाजले उडान गरिरहेका छन् भने छ वटा हेलिकोप्टर कम्पनीका हेलिकोप्टरले सिमकोट–हिल्सा रुटमा सेवा दिइरहेका छन् ।

    यस अवधिमा कुल दुई हजार १२४ जना पर्यटक हुम्ला भित्रिएको विमानस्थल कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend