२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • बजार अनुगमनमा नौ फर्म कारबाहीमा, टाउन...

बजार अनुगमनमा नौ फर्म कारबाहीमा, टाउन ब्वाइज एन्ड गर्ल्स होस्टेललाई ५० हजार जरिबाना

बजार अनुगमनमा नौ फर्म कारबाहीमा, टाउन ब्वाइज एन्ड गर्ल्स होस्टेललाई ५० हजार जरिबाना

सहर्ष न्युज
बिहिवार, जेठ २१ २०८३
सहर्ष न्युज
बिहिवार, जेठ २१ २०८३
  • काठमाडौँ, जेठ २१ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कैफियत भेटिएका विभिन्न नौ वटा व्यावसायिक फर्ममाथि कारबाही गरेको छ । विभागले बुधबार गरेको नियमित बजार अनुगमनमा संरक्षण ऐनबमोजिम काम नगर्ने ती फर्मलाई जरिबाना तथा आवश्यक निर्देशन दिएको हो ।

    विभागका अनुसार ललितपुर महानगरपालिकास्थित टाउन ब्वाइज एन्ड गर्ल्स होस्टेललाई ५० हजार रुपियाँ जरिबाना गरिएको छ । उक्त होस्टेलले उपभोक्ता संरक्षण ऐनविपरीत दर्ता नवीकरण नभई सञ्चालन भएको पाइएपछि जरिबाना गरेको विभागले जनाएको छ । 

    यस्तै विभागको अनुगमन टोलीले ललितपुरको जावलाखेलस्थित ब्ल्यु फक्स रेस्टुरेन्टलाई २० हजार रुपियाँ, काठमाडौँ महानगरपालिकास्थित बौद्धस्थित साम्भाला होम प्रालिलाई १० हजार र सोही स्थानमा रहेको कोल्ड एन्ड हट स्पाइसी नुडल्सलाई पाँच हजार रुपियाँ जरिबाना गरेको जनाएको छ । अनुगमनकै क्रममा अन्य पाँच वटा व्यावसायिक प्रतिष्ठानलाई भने सुधारको निर्देशन दिएर छोडिएको छ ।

    विभागले बजारमा हुन सक्ने अवाञ्छित गतिविधि र उपभोक्ता ठगी नियन्त्रण गर्न अनुगमनलाई निरन्तरता दिँदै आएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend