२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • देशभर विविध कार्यक्रमसहित आज गणतन्त्र दिवस...

देशभर विविध कार्यक्रमसहित आज गणतन्त्र दिवस मनाइँदै

देशभर विविध कार्यक्रमसहित आज गणतन्त्र दिवस मनाइँदै

सहर्ष न्युज
शुक्रवार, जेठ १५ २०८३
सहर्ष न्युज
शुक्रवार, जेठ १५ २०८३
  • काठमाडौं । आज (शुक्रबार) देशभर विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइँदैछ। दिवसको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ।

    नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको प्रतिफलस्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको हो।

    दिवसको अवसरमा काठमाडौंस्थित सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ। समारोह बिहान ८ बजेदेखि सुरु हुने कार्यक्रम तय गरिएको छ। कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ।

    समारोहअघि आज बिहान नेपाली सेनाले गणतन्त्र दिवसको स्वागतमा तोप पड्काएको थियो।

    यस वर्षको समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अघिल्ला वर्षहरूमा भने राष्ट्रपति उपस्थित भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो। तर यस वर्ष प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend