२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • डिडिसी कार्यालयमा सिआइबीको छापा, महत्वपूर्ण कागजात...

डिडिसी कार्यालयमा सिआइबीको छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा

डिडिसी कार्यालयमा सिआइबीको छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा

सहर्ष न्युज
बिहिवार, जेठ १४ २०८३
सहर्ष न्युज
बिहिवार, जेठ १४ २०८३
  • काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुग्ध विकास संस्थान (डिडिसी) को लैनचौरस्थित केन्द्रीय कार्यालयमा छापा मारेको छ ।

    बुधबार बिहानैदेखि सिआइबीको टोली डिडिसी कार्यालय पुगेको प्रहरी उच्च स्रोतले जनाएको छ । नेपाल प्रहरीका अनुसार डिडिसीसँग सम्बन्धित केही सूचनाका आधारमा अनुसन्धानका लागि टोली परिचालन गरिएको हो ।

    यद्यपि, अनुसन्धानको विषयबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । सिआइबीले कार्यालयबाट केही महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको डिडिसी स्रोतले जनाएको छ ।

    केही समयअघि मात्रै प्रधानमन्त्री बालेन्द्र शाहले डिडिसीको याक चिज प्रवर्द्धन गर्न सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गरेका थिए । त्यसपछि डिडिसी फेरि चर्चामा आएको बेला सिआइबीको छापा परेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend