२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • वीरगञ्जका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध...

वीरगञ्जका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी

वीरगञ्जका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी

सहर्ष न्युज
मंगलवार, जेठ १२ २०८३
सहर्ष न्युज
मंगलवार, जेठ १२ २०८३
  • पर्सा : जिल्ला अदालत पर्साले लिखितसम्बन्धी कसुर मुद्दामा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अदालतले ३५ दिनभित्र उपस्थित गराउन आदेश दिएको जनाएको छ।

    गत जेठ १ गते सरकारी वकिल कार्यालयमार्फत मेयर सिंहसहित चार जनाविरुद्ध लिखितसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो। मुद्दामा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत किर्ते कागजसम्बन्धी दफा २७६ को उपदफा (१), (२) र (३)(ग) अनुसार कारबाहीको माग गरिएको छ।

    उक्त कानुनी व्यवस्थाअनुसार सरकारी वा सार्वजनिक लिखतसम्बन्धी कसुर गर्नेलाई सात वर्षसम्म कैद तथा ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ।

    मुद्दामा मेयर राजेशमान सिंह, पञ्जीकरण अधिकारी भिखारी रायसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको पर्सा प्रहरीले जानकारी दियो ।

    प्रहरीले  भन्यो– “जिल्ला अदालत पर्साबाट मेयर सिंहसहित केही व्यक्तिका नाममा पक्राउ पुर्जी आएको छ।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend