२०८३ भाद्र २९ गते सोमवार

images
  • समाचार
  • साफ महिला च्याम्पियनसिप : नेपालको विजयी...

साफ महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

साफ महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

सहर्ष न्युज
मंगलवार, जेठ १२ २०८३
सहर्ष न्युज
मंगलवार, जेठ १२ २०८३
  • काठमाडौँ  नेपालले साफ महिला च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ ।

    भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा सोमबार भएको खेलमा नेपालले भुटानलाई १–० गोलले हरायो ।

    प्रस्पिर्धात्मक खेलमा नेपालका लागि गिता रानाले गोल गर्नुभयो । गिताले २३औँ मिनेटमा गर्नुभएको गोल नेपालको जितमा प्रयाप्त बन्यो । 

    ६ टोली सहभागी च्याम्पियनसिपमा नेपल समूह ‘ए’ मा रहेको छ । यस समूहमा श्रीलङ्का र भुटान छ ।  समूह ‘बी’ मा आयोजक भारत, बङ्गलादेश र माल्दिभ्स रहेको छ ।

    नेपालले समूहको दोस्रो खेल मे ३१ मा श्रीलङ्कासँग खेल्नेछ । समूहमा शीर्ष दुई टोली सेमफाइनलमा प्रवेश गर्नेछन् । दुई साताअघि मात्र तयारी सुरु गरेको नेपालले उपाधि जित्ने दाबी गर्दै भारत गएको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend