२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना...

१२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने

१२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने

सहर्ष न्युज
सोमवार, जेठ ११ २०८३
सहर्ष न्युज
सोमवार, जेठ ११ २०८३
  • तनहुँ।  तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ।

    एसियाली विकास बैंकको २२७ मिलियन अमेरिकी डलर, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।

    अर्धजलाशययुक्त सो आयोजनाको बाँध तनहुँको बन्दीपुर-६ र देवघाट गाउँपालिका-३ मा पर्दछ। विद्युत्गृह, कर्मचारी आवास, मुख्य सुरुङ देवघाट गाउँपालिका-३ र ४ मा पर्दछ।

    विद्युत्गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ। रासस

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend