२०८३ भाद्र २८ गते आइतवार

images

सुनको तोलामा १ हजार ९ सय रुपैयाँले वृद्धि

सुनको तोलामा १ हजार ९ सय रुपैयाँले वृद्धि

सहर्ष न्युज
सोमवार, जेठ ११ २०८३
सहर्ष न्युज
सोमवार, जेठ ११ २०८३
  • काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेको छ ।

    अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यद्यपि, गत सोमबारको तुलनामा भने सुनको मूल्य अझै २ हजार रुपैयाँले कम रहेको देखिएको छ । गत सोमबार सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १४० रुपैयाँले वृद्धि हुँदै ५ हजार १५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो भने गत सोमबार यसको मूल्य ५ हजार ४० रुपैयाँ रहेको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत देखिएको व्यवसायीहरू बताउँछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend