२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • प्रमुख प्रशासकीय अधिकृत ७२ हजार घुससहित...

प्रमुख प्रशासकीय अधिकृत ७२ हजार घुससहित पक्राउ

प्रमुख प्रशासकीय अधिकृत ७२ हजार घुससहित पक्राउ

सहर्ष न्युज
शनिवार, जेठ ९ २०८३
सहर्ष न्युज
शनिवार, जेठ ९ २०८३
  • महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासका अनुसार सडक ढलान योजनाको भुक्तानी प्रक्रियामा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरीपछि विशेष टोली परिचालन गरिएको थियो।

    आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा यादवलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउका क्रममा उनको साथबाट स्रोत नखुलेको ८३ हजार १४५ रुपैयाँ नगद, एक थान ल्यापटप, दुई वटा मोबाइल फोन तथा विभिन्न सरकारी कागजातसमेत बरामद गरिएको अख्तियारले जनाएको छ।

    यादव सवार सरकारी नम्बर प्लेटको गाडीसमेत नियन्त्रणमा लिइएको छ। उनलाई महोत्तरीको गौशाला नगरपालिका–५ निगौलस्थित सम्सी–गौशाला सडकखण्डमा गौशालतर्फ जाँदै गर्दा पक्राउ गरिएको हो।

    अख्तियारका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend