२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • आईपीएल २०२६ प्लेअफ समीकरण रोचक बन्दै,...

आईपीएल २०२६ प्लेअफ समीकरण रोचक बन्दै, बेंगलुरु–गुजरात क्वालिफायर १ मा भिड्ने

आईपीएल २०२६ प्लेअफ समीकरण रोचक बन्दै, बेंगलुरु–गुजरात क्वालिफायर १ मा भिड्ने

सहर्ष न्युज
शनिवार, जेठ ९ २०८३
सहर्ष न्युज
शनिवार, जेठ ९ २०८३
  • काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को प्लेअफ दौड अन्तिम चरणमा पुगेसँगै समीकरण थप रोचक बनेको छ। शुक्रबार सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गर्दै १८ अंक पुर्‍याए पनि उत्कृष्ट नेट रनरेटका आधारमा बेंगलुरु शीर्ष स्थानमा कायम रह्यो।

    यससँगै बेंगलुरु र गुजरात टाइटन्सबीच मे २६ मा धर्मशालामा क्वालिफायर १ हुने निश्चित भएको छ। गुजरातले यसअघि नै चेन्नई सुपर किंग्सलाई हराउँदै १८ अंक जोडेको थियो। टोली ०.६९५ नेट रनरेटसहित दोस्रो स्थानमा छ।

    १८ अंक नै भए पनि कमजोर नेट रनरेटका कारण सनराइजर्स हैदराबाद तेस्रो स्थानमा सीमित भएको छ। बेंगलुरुविरुद्ध दोस्रो स्थानमा उक्लिन हैदराबादलाई ९१ रनको फराकिलो जित आवश्यक थियो। तर टोलीले ५५ रनको जित मात्रै निकाल्न सक्यो।

    चौथो स्थानका लागि चार टोलीबीच कडा प्रतिस्पर्धा

    अब प्लेअफको अन्तिम अर्थात् चौथो स्थानका लागि राजस्थान रोयल्स, पञ्जाब किंग्स, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा जारी छ।

    पञ्जाब किंग्सले आज लखनऊ सुपर जायन्ट्ससँग खेल्दैछ। प्लेअफ सम्भावना जीवित राख्न पञ्जाबलाई जसरी पनि जित आवश्यक छ। तर जितपछि पनि टोलीले राजस्थान र कोलकाताको नतिजामा भर पर्नुपर्नेछ।

    राजस्थान रोयल्स १४ अंकसहित चौथो स्थानमा कायम छ। टोलीले आफ्नो अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई पराजित गरे सिधै प्लेअफमा स्थान बनाउनेछ।

    कोलकाता नाइट राइडर्सको १३ अंक छ। प्लेअफ पुग्न टोलीले दिल्ली क्यापिटल्सलाई हराउनुपर्नेछ। साथै राजस्थान र पञ्जाब दुवैले हार बेहोर्नुपर्ने समीकरण पनि रहेको छ।

    १२ अंकसहित सातौं स्थानमा रहेको दिल्ली क्यापिटल्सको नेट रनरेट कमजोर भएकाले टोलीलाई कोलकाताविरुद्ध ठूलो अन्तरको जितसँगै अन्य टोलीको नतिजा पनि अनुकूल हुनुपर्नेछ।

    तीन टोली बाहिरिए

    मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स र लखनऊ सुपर जायन्ट्स भने प्लेअफ दौडबाट बाहिरिसकेका छन्। चेन्नई सातौं, मुम्बई नवौं तथा लखनऊ तालिकाको पुछारमा रहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend