२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार बलराम निरौलाको...

कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार बलराम निरौलाको विदाई, अब उद्योग मन्त्रालयमा

कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार बलराम निरौलाको विदाई, अब उद्योग मन्त्रालयमा

सहर्ष न्युज
बुधवार, जेठ ६ २०८३
सहर्ष न्युज
बुधवार, जेठ ६ २०८३
  • काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार बलराम निरौलाको औपचारिक विदाई गरिएको छ। कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनलाई विदाई गरिएको हो।

    विदाईसँगै उनलाई कर्मचारीहरुको तर्फबाट प्रशंसापत्र पनि प्रदान गरिएको थियो । प्रशंसापत्रमा कार्यसम्पादनमा उनको नेतृत्वदायी भूमिकाको प्रशंसा गरिएको छ ।

    प्रशंसापत्रमा भनिएको छ 'यहाँले कम्पनी रिजिष्ट्रारको कार्यालयमा कार्यरत रहँदा कार्यालयको संस्थागत सुधार, सुशासन प्रबद्र्धन, प्रभावकारी सेवा प्रवाह, प्रशासनिक समन्वय तथा कर्मचारीमैत्री कार्यवातावरण निर्माणमा पु¥याउनु भएको योगदान अत्यन्त प्रशंसनीय र स्मरणीय रहेको छ । यहाँको कुशल नेतृत्व, स्पष्ट निर्णय क्षमता, सकारात्मक सोच तथा सहयोगी व्यवहारबाट सम्पूर्ण कर्मचारीबर्ग प्रेरित भएका छौं । हामीले यहाँको कार्यकालमा कार्यालयको कार्यसम्पादनमा थप प्रभावकारिता, अनुशासन तथा उत्तरदायित्व अभिवृद्धि भएको अनुभूति गरेका छौं ।

    कार्यालय तथा कर्मचारी परिवारप्रति यहाँले प्रदान गर्नुभएको मार्गदर्शन, सहयोग तथा प्रेरणादयी नेतृत्वप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी जिम्मेवारीहरु सफल, सम्मानित तथा उपलब्धिमूलक रहुन् भन्ने शुभकामना व्यक्त गर्दछौं ।

    यहाँको उज्ज्वल भविष्य, सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिको लागि हार्दिक शुभकामना ।'

    निरौलाले २०८२ भदौ २ गतेदेखि २०८३ जेठ ५ गतेसम्म ९ महिना ३ दिन कम्पनी रजिष्ट्रारको जिम्मेवारी सम्हालेका थिए ।

    उनले आफ्नो कार्यकालमा सेवाग्राहीलाई सरल, सहज र प्रभावकारी सेवा प्रवाह गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । आफ्नो टिममा रहेर हेरक कार्यमा सहकार्य गर्ने कार्यालयका कर्मचारी तथा सरोकारवाला निकायप्रति उनले आभार व्यक्त गरेका छन् ।

    औपचारिक कार्यक्रममा उनले परिणाममुखी सेवा प्रवाहका लागि कर्मचारीहरूको सकारात्मक सहयोग र समन्वय महत्त्वपूर्ण रहेको उल्लेख गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा बिताएको समय आफ्नो जागिरे जीवनको 'चुनौतिपूर्ण, रोमान्चक र गौरवशाली' अनुभवका रूपमा सधैं स्मरणीय रहने बताए ।

    सरकारी सेवामा रहँदा थुप्रै महत्वपूर्ण निकायहरुमा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेको अनुभव भएका निरौलाले अव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहेर सेवा गर्नेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend