२०८३ श्रावण १२ गते मंगलवार

images
  • समाचार
  • प्रतिनिधिसभा निर्वाचनमा करिब ५ अर्ब खर्च,...

प्रतिनिधिसभा निर्वाचनमा करिब ५ अर्ब खर्च, प्रतिमतदाता २६३ रुपैयाँ लागत

प्रतिनिधिसभा निर्वाचनमा करिब ५ अर्ब खर्च, प्रतिमतदाता २६३ रुपैयाँ लागत

सहर्ष न्युज
बुधवार, जेठ ६ २०८३
सहर्ष न्युज
बुधवार, जेठ ६ २०८३
  • काठमाडौं : निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्तिमार्फत निर्वाचनमा भएको कुल खर्च सार्वजनिक गर्नुभएको हो ।

    आयोगका अनुसार निर्वाचन सञ्चालनका लागि नेपाल सरकारले ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ उपलब्ध गराएको थियो । तीमध्ये ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च गरेर निर्वाचन सम्पन्न गरिएको आयोगले जनाएको छ ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार निर्वाचनमा प्रतिमतदाता औसत २६३ रुपैयाँ खर्च भएको छ ।

    फागुन २१ गते सम्पन्न निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ८९ जना मतदाता रहेको आयोगले उल्लेख गरेको छ ।

    आयोगले निर्वाचन व्यवस्थापन, मतदान केन्द्र सञ्चालन, कर्मचारी परिचालन, सुरक्षा व्यवस्थापन तथा निर्वाचन सामग्री व्यवस्थापनलगायत शीर्षकमा खर्च भएको जनाएको छ ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend