२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे सीआईबीको सम्पर्कमा !

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे सीआईबीको सम्पर्कमा !

सहर्ष न्युज
बुधवार, बैशाख ३० २०८३
सहर्ष न्युज
बुधवार, बैशाख ३० २०८३
  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे बयान दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को सम्पर्कमा पुगेका छन् । धितो जमानीमा राखेको स्मार्ट सेलको सम्पत्ति लिलामी विषयमा विवाद भएपछि सोही विषयमा उनी सीआईबीको सम्पर्कमा पुगेको पाण्डे निकट बैंक स्रोतले जानकारी दिएको छ ।

    'कुनै पनि विषयमा बिवाद भएपछि त्यसलाई सफाई दिनु उहाँको कर्तब्य होे ।' उनी निकट स्रोतले भने– 'सफाई दिएर संभवत उहाँ चाँडै नियमित काममा फर्कनु हुन्छ भन्ने हामीलाई विश्वास छ ।' यद्यपी सीआईबीको बयानी सफाईले उनलाई कहिले 'रिलिज' गर्ने हो सो भने टुंगो छैन् ।

    सीआईबीको सम्पर्कमा पुग्नु अघि उनी कामको शिलशिलामा सिन्धुली गएको पनि सो स्रोतले जानकारी दिएको छ ।

    काठमाडौंको रक्तकाली ठेगाना भएका ६३ बर्षिय पाण्डे हाल ललितपुरको मानभवन बस्दै आएको बुझिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend