२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • पशुपति गौशाला धर्मशाला अब कोषले नै...

पशुपति गौशाला धर्मशाला अब कोषले नै सञ्चालन गर्ने तयारी

पशुपति गौशाला धर्मशाला अब कोषले नै सञ्चालन गर्ने तयारी

सहर्ष न्युज
मंगलवार, बैशाख २९ २०८३
सहर्ष न्युज
मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौं । पशुपति क्षेत्र विकास कोष ले एक महिनाभित्र पशुपति गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने तयारी सुरु गरेको छ।

    उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेपछि कोषले धर्मशाला आफ्नो प्रत्यक्ष व्यवस्थापनमा ल्याउने प्रक्रिया अघि बढाएको हो। कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीका अनुसार अदालतको आदेशसँगै धर्मशालामा हाल सञ्चालनमा रहेको व्यापार–व्यवसाय हटाउने तयारीसमेत सुरु गरिएको छ।

    उच्च अदालत पाटनले वैशाख २१ गते जिल्ला अदालत काठमाडौंको फैसला सदर गर्दै धर्मशाला कोषअन्तर्गत नै रहने निर्णय गरेको थियो। यसअघि जिल्ला अदालत काठमाडौंले साबिक पशुपति–२ अन्तर्गत पर्ने कित्ता नम्बर ८३ र ८५ को जग्गामा मारवाडी सेवा समिति को मोही हक नलाग्ने ठहर गरेको थियो।

    न्यायाधीशद्वय खड्गबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको इजलासले उक्त फैसला सदर गर्दै पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गा तथा सम्पत्तिमा समितिको मोहियानी हक नलाग्ने स्पष्ट गरेको हो।

    यता धर्मशाला सञ्चालक समितिका महासचिव राजेश अग्रवालले भने कोषबाट हालसम्म कुनै आधिकारिक पत्र प्राप्त नभएको बताएका छन्। उनले अदालतको पूर्णपाठ प्राप्त भएपछि फैसलाअनुसार नै अघि बढ्ने प्रतिक्रिया दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend