२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • घुस लिएको आरोपमा विद्युत् प्राधिकरणका केन्द्र...

घुस लिएको आरोपमा विद्युत् प्राधिकरणका केन्द्र प्रमुखविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा विद्युत् प्राधिकरणका केन्द्र प्रमुखविरुद्ध मुद्दा दायर

सहर्ष न्युज
मंगलवार, बैशाख २९ २०८३
सहर्ष न्युज
मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले नेपाल विद्युत् प्राधिकरण अन्तर्गत कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख महेन्द्रकुमार दास विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखी विद्युत् लाइन जडान गरिदिने प्रयोजनमा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि आयोगले मंगलबार आरोपपत्र दायर गरेको हो।

    आयोगका प्रवक्ता सुरेश न्यौपाने का अनुसार केन्द्र प्रमुख दासले चार्जिङ स्टेसन सञ्चालनका लागि विद्युत् लाइन उपलब्ध गराइदिन सेवाग्राहीसँग बार्गेनिङ गर्दै घुस मागेका थिए। घुस नदिए लाइन काटिदिने धम्की दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो।

    उक्त सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले दासलाई सेवाग्राहीबाट एक लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।

    अनुसन्धानका क्रममा नियमानुसार सम्पन्न भइसकेको कामका लागि दासले घुस मागेको र रकम लिएको तथ्य स्थापित भएको आयोगले उल्लेख गरेको छ।

    उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार कसुर कायम गर्दै एक लाख ४० हजार रुपैयाँ बिगो दाबी गरिएको छ। आयोगले बिगोबमोजिम जरिवाना तथा कैद सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend