२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • काठमाण्डूमा ओर्लिएको टर्किश एअरलाइन्सको विमानमा आगो,...

काठमाण्डूमा ओर्लिएको टर्किश एअरलाइन्सको विमानमा आगो, विमानमा सवार '२८४ जना नै सुरक्षित'

काठमाण्डूमा ओर्लिएको टर्किश एअरलाइन्सको विमानमा आगो, विमानमा सवार '२८४ जना नै सुरक्षित'

सहर्ष न्युज
सोमवार, बैशाख २८ २०८३
सहर्ष न्युज
सोमवार, बैशाख २८ २०८३
  • काठमाडौं । टर्कीको राजधानी इस्तान्बुलबाट काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा सोमवार बिहान अवतरण गरेको टर्किश एअरलाइन्सको जहाजको चक्कामा आगो लागेको छ।

    विमानमा सवार सबै यात्रु र चालकदलका सदस्य सुरक्षित रहेको अधिकारीहरूले जनाएका छन्। विमानमा २७३ यात्रु र चालकदलका ११ सदस्यसहित कुल २८४ जना भएको बताइएको छ।

    अधिकारीहरूका अनुसार विमानको चक्कामा लागेको आगो नियन्त्रणमा आएपछि विमानस्थल पुनः सञ्चालनमा आएको छ। आगो निभाउन दमकल प्रयोग भएको थियो।

    विमानमा "अरू कुनै क्षति नपुगेको" नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्र लाल कर्णले बीबीसी न्यूज बताए।

    विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले राष्ट्रिय समाचार समितिलाई जानकारी दिएअनुसार बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको छ।

    विमानस्थल पुनः सञ्चालनमा आएपछि बिहान ८ः३० बजे एअर इन्डिया र त्यसपछि ८ः३५ बजे फ्लाइ दुबईका विमानहरू अवतरण भए भने केही अन्तर्राष्ट्रिय उडानहरू पनि भए।

    कसरी लाग्यो आगो

    प्राधिकरणका निमित्त महानिर्देशक लाल कर्णले बीबीसी न्यूज नेपालीलाई आगलागीको सम्भावित कारणबारे बताएका छन्।

    "टर्किश एअरलाइन्सको जहाजको ब्रेकमा हाइड्रोलिक फ्यूल परेको देखिन्छ," उनले भने, "त्यसले धुवाँ निस्क्यो र आगो लाग्यो।"

    "अग्निनियन्त्रकहरूले तत्कालै आगो निभाएका छन्। यात्रु र चालकदलका सदस्यहरूलाई जहाजबाट सुरक्षित निकालिएको छ। जहाजलाई पनि सुरक्षित ठाउँमा लगेका छौँ।"

    उनका अनुसार इस्तान्बुलबाट आएको उक्त विमान बिहान ६ः३६ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको समाचार बीबीसीले लेखेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend