२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • १० समस्याग्रस्त सहकारीका ९२ ठूला ऋणीको...

१० समस्याग्रस्त सहकारीका ९२ ठूला ऋणीको नाम सार्वजनिक (सूचिसहित)

१० समस्याग्रस्त सहकारीका ९२ ठूला ऋणीको नाम सार्वजनिक (सूचिसहित)

सहर्ष न्युज
बिहिवार, बैशाख २४ २०८३
सहर्ष न्युज
बिहिवार, बैशाख २४ २०८३
  • ऋणीलाई ऋण चुक्ता गर्न समितिको निर्देशन

    काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ। समितिले बुधबार पहिलो चरणमा १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको जनाएको छ।

    समितिका अनुसार अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम पनि क्रमशः सार्वजनिक गरिनेछ।

    समितिले जारी गरेको सूचनामा सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी बक्यौता ऋण चुक्ता गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र ऋण नतिरे कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।

    त्यस्तै, अन्य ऋणीहरूको नामावलीसमेत क्रमिक रूपमा सार्वजनिक गरिने भएकाले सम्बन्धित सबैलाई कार्यालयमा सम्पर्क गरी ऋण तिर्न आग्रह गरिएको समितिले जनाएको छ।

    बुधबार सार्वजनिक गरिएका सहकारीहरूमा घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतम श्री सहकारी तथा नेपाल सहकारी वित्तीय संस्था रहेका छन्।

    ठुला ऋणीहरुको नामावली प्रकाशन | Office of the Problematic Cooperative Management Committee

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend