काठमाडौं : काठमाडौंको कीर्तिपुर नगरपालिका–१० बोडेटोल क्षेत्रमा धारिलो हतियार प्रहारबाट एक युवकको हत्या भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार बुधबार दिउँसो गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार गरिएको थियो। गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक भट्टराईले हतियार प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको र उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिए।
प्रारम्भिक अनुसन्धानअनुसार साथीहरूबीच भएको विवादपछि घटनाले हिंसात्मक रूप लिएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
