२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • यूएईको फुजैराह तेल क्षेत्रमा भीषण आगलागी,...

यूएईको फुजैराह तेल क्षेत्रमा भीषण आगलागी, इरानी ड्रोन आक्रमणको आशंका

यूएईको फुजैराह तेल क्षेत्रमा भीषण आगलागी, इरानी ड्रोन आक्रमणको आशंका

सहर्ष न्युज
मंगलवार, बैशाख २२ २०८३
सहर्ष न्युज
मंगलवार, बैशाख २२ २०८३
  • मिसाइल आक्रमण प्रयास पनि विफल, आगो नियन्त्रणका लागि आपत्कालीन टोली खटाइयो

    काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई)को फुजैराह क्षेत्रस्थित एक तेल उद्योग क्षेत्रमा भीषण आगलागी भएको छ। स्थानीय अधिकारीहरूका अनुसार उक्त आगलागी इरानबाट गरिएको ड्रोन आक्रमणका कारण भएको आशंका गरिएको छ।

    फुजैराह मिडिया अफिसले आक्रमणपछि पेट्रोलियम उद्योग क्षेत्रमा ठूलो आगलागी भएको पुष्टि गर्दै तत्कालै आगो नियन्त्रणका लागि आपत्कालीन टोलीहरू परिचालन गरिएको जनाएको छ।

    यसअघि यूएईको रक्षा मन्त्रालयले केही समयअघि चारवटा मिसाइल प्रहार भएको जानकारी दिएको थियो। मन्त्रालयका अनुसार तीमध्ये अधिकांश मिसाइलहरूलाई रोक्न सफल भएको थियो।

    घटनाबारे थप विवरण आउन बाँकी रहेको छ भने क्षतिको यकिन विवरण सार्वजनिक भइसकेको छैन।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend